आज:  | Wed, 30, Apr, 2025

स्वास्थ्य मन्त्रालयले १ महिना महिलाको पाठेघर क्यान्सर परीक्षण अभियान चलाउँदै

२१ मंसिर २०८१, शुक्रबार १२:२७ मा प्रकाशित ( ४ महिना अघि) ३९९३ पटक पढिएको
नारी बाटिका


बिबियु

धादिङ २० मंसिर ।

समय संगसंगै महिलाका पाठेघरमा क्यान्सरको समस्या पनि बड्दै गएकोले सरकारले १ महिनासम्म पाठेघर मुखको क्यान्सर परिक्षण गर्ने भएको छ । पछिल्लो समयमा पाठेघरमा क्यान्सर हुने क्रमपनि बड्दो छ । यसको रोकथामका लागि फागुन महिनाभर सरकारले साढे दुई लाख महिलाको पाठेघरको परीक्षण गरिने भएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका दुई लाख ५० हजार महिलामा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा रोग पहिचान गर्ने जनाएको छ।

फागुन महिनाभर देशैभर एकै साथ महिलाहरुमा हुने पाठेघर मुखको क्यान्सर सम्बन्धी परीक्षण गर्न लागिएको महाशाखा प्रमुख डाक्टर विवेककुमार लालले जानकारी दिए। उनका अनुसार महाशाखाले यस वर्ष अभियानका रुपमा दुई लाख ५० हजार महिलाको परीक्षण गर्ने लक्ष्य लिएको छ।

नेपालमा सन् २०२२ मा कूल मृत्यु भएका १४ हजार महिलाहरुमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउनेको सङ्ख्या सात हजार ७६८ रहेको ग्लोबल क्यान्सर अब्र्जभेटरीको तथ्याङकमा उल्लेख गरिएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका दुई हजार १६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी पत्ता लगाइएको थियो।

हाल नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ। समयमै यस रोगको परीक्षणबाट समस्या पहिचान भएमा रोग निको हुने चिकित्सकहरुको भनाइ छ।

मन्त्रालयले आगमी माघ २२ गते मनाईने विश्व क्यान्सर दिवसको अवसर पारेर सोही दिनबाट दुई सातासम्म १६ लाख ८८ हजार नौ सय किशोरीलाई लक्षित गर्दै पाठेघरको क्यान्सर विरुद्धको निःशुल्क खोप अभियान समेत सञ्चालन गर्दैछ।

यसैगरी आगामी वर्षबाट देशभरका सबै किशोरीहरुलाई लक्षित गर्दै नियमित रुपमा खोप लगाउन पाउने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस