आज: २०८३ भाद्र ३१, बुधबार | Wed, 16, Sep, 2026

अमेरिकाको विद्यालयमा एक छात्राद्वारा दुईको हत्या,६ जना घाइते

२०८१ पौष २, मंगलबार मा प्रकाशित ( १ साल अघि) ११२५४ पटक पढिएको
नारी बाटिका


एजेन्सी

अमेरिकाको विस्कन्सिन राज्यस्थित एक विद्यालयमा छात्राले गोली हानी दुईजनाको हत्या गरेकी छिन्। यस्तै निज छात्राले चलाएको गोली लागी ६जना विद्यार्थी घाइते भएका छन् ।

विस्कन्सिन राज्यमा संन्चालित निजी क्रिश्चियन विद्यालयमा शिक्षक र किशोर विद्यार्थीलाई गोली हानी हत्या गर्ने १७ वर्षीय किशोरी रहेकी छिन्। ति किशोरीले गोली चलाउनुको कारण भने खुलि सकेको छैन।

घटनापछी अमेरिकन प्रहरीले परिवारको सहयोग लिइ निज आक्रमणकारी किशोरीमाथि अनुसन्धान गरिरहेको छ। हाल आक्रमणकारी किशोरी र घाइते भएका व्यक्तिहरुको नाम खुलाइएको छैन । घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस