
नारी बाटिका
चितवन ५ पुस।
पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक सातासम्म आंशिक बन्द हुने भएको छ। उक्त सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ति मोडमा सडक सुधार गर्नुपर्ने भएकाले यही पुस ७ गते देखि १३ गते सम्म दिनको तीन घण्टा सडक बन्द हुने भएको हो।
नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दरइका अनुसार बिहान ११ बजेदेखि दिनको २ बजे सम्म सवारी रोकेर काम गर्न लागिएको हो। इ. दरइका अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ।
यसैगरी चितवनबाट नौबिसे तर्फ जाने लोड (भारी) सवारी साधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिने बताईएको छ। यस्तै विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु तर्फ जाने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने भएको छ ।
यस्तै मलेखुबाट मुग्लिन तर्फ जाने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने जानकारी दिए। यद्यपी एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने मिलाएर छाडीने बताइएको छ।








प्रतिक्रिया दिनुहोस