
काठमाडौं २ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेका छन् । आज काठमाडौँ जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि रास्वपा कार्यकर्ता तथा रवि लामिछानेका समर्थकहरूले हातपात गरेका हुन् ।
आज(बुधवार)दिउँसो रवि लामिछानेविरुद्ध लागेको सहकारी ठगी प्रकरणको मुद्दामा बहस सकिएपछि उनी बाहिर निस्कने क्रममा त्रिपाठीमाथि हातपात गरेका थिए । त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी संस्थाका पीडितका तर्फबाट बहस गरेका कारण उनीमाथी हमतपात गरेका हुन् ।












प्रतिक्रिया दिनुहोस