
नारी बाटिका
काठमाडौं १९ चैत।
गत सुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा थप १८ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरु १८ जनामध्ये ८ जनालाई राज्यविरुद्धको कसुर र संगठित कसुर अन्तर्गको मुद्दा चलाइने भएको छ ।
साथै अन्य १० जनालाई आपराधिक उपद्रव कसुर अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ । यो घटनामा संलग्नहरूलाई पक्राउ पर्ने क्रम जारी छ ।
सोमबार पनि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । सोमबार पक्राउ परेकाहरु विष्णुजंग बस्नेत, सितादेवी राई, देवी संग्रौलालाई पक्राउ गरेको थियो ।साथैमंगलबार पुनः १८ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरु सबैजना राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं निकट रहेको बताइएको छ । यसअघि पनि सोही प्रदर्शनमा पक्राउ परेका ४१ जनालाई प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस