
नारी बाटिका
रुकुम पश्चिम -२९ वैशाख।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीमा जीप दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । साथै सो दुर्घटनामा परी तीनजना घाईते भएका छन् ।आज सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
सोमबार दिउँसो लु.प्र ०२००१ च ०१७७ नम्बरको निजी जीप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको मृत्यु भएको हो ।
दुर्घटनामा तीनजना घाइते भएका छन्। घाइते हुनेमा जीप चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–७ का ४४ वर्षीया लिलमणि भण्डारी, सोही स्थानका ४४ वर्षीया लिला ओली र ५० वर्षीया दुर्गा ओली छन् । सबैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले बताउनु भयो
अहिले घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको छ । ब्रेक फेल भएर जीप करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ। ।








प्रतिक्रिया दिनुहोस