आज:  | Mon, 16, Jun, 2025

नेकपा एमालेका केन्द्रीय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

६ जेष्ठ २०८२, सोमबार ०७:३५ मा प्रकाशित ( ४ हफ्ता अघि) ३०३९ पटक पढिएको
नारी बाटिका


धादिङ ५ जेठ ।

नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य सुनसरी जिबिसका पुर्ब जिबिस सभापती रमेश श्रेष्ठ , इनरुवाका पुर्ब उपमेयर माधब पोखरेल लगायत दर्जनौ नेताहरु राप्रपा नेपाल प्रबेश गरेका छन् ।

सुनसरिको इनरुवामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको भन्दै थापाले आन्दोलन शान्तिपूर्ण भद्र अबज्ञाको रुपमा अघि बढ्ने बताएका छन् ।

अध्यक्ष थापाले “निर्धक्क भएर काठमाडौं आउनुहोस् , गणतन्त्र मान्दिन धर्म निरपेक्षता मान्दिन भन्ने अधिकार संविधानले नै दिएको छ, धारा २७४ ले यसको बिकल्प खोज्ने अधिकार स्विकार गरेको छ , गणतन्त्रको बिकल्प खोज्ने कुरा संविधान बिरोधि होइन” – उनको भनाइ थियो ।

अनावश्यक हस्तक्षेप गर्ने ,बल प्रयोग गर्ने र दुष्प्रचार गर्ने काममा सरकारले समय बर्वाद नगरोस् भन्दै अहिलेको कुशासन र भ्रष्टतन्त्रको विरुद्धमा जनता जागिसकेको थापाको जिकिर थियो । “यो राष्ट्रबादी आन्दोलन हो, नेपाल र नेपाली जनताको हितको लागि नेपाली जनता मिलेर गर्नलागेको आन्दोलन हो, कुनै विदेशी प्रभाब र उक्साहट छैन” थापाको भनाइ थियो ।

आन्दोलन तयारीको क्रममा थापा जिल्ला दौडाहामा छन् । कार्यक्रममा नेताहरु तारानाथ लुइँटेल , तेज कुरुङ्वाङ, बल्लभ दाहाल, माधब आचार्य , रामबिलास मेहता लगायतका नेताहरु उपस्थिति थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस