
नारी बाटिका
काठमाडौँ -१४ जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बिहीबार (भोलि) आफूहरूले गर्ने आन्दोलनका क्रममा कहीँ हिंसा भए त्यसको सबै जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन् ।
बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरु संग कुरा गर्दै साँसद शाहीले संविधान र कानून उल्लंघन गर्दै उत्तेजक भाषण दिएर मान्छे भिडाएर प्रधानमन्त्री वलीले युद्धको अवस्था निम्त्याउन खोजेको आरोप समेत लगाएका छन्
। नेता शाहीले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । तर कुनै पनि घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनु पर्छ ।
सचेतक तथा राप्रपा नेता शाहीले आफ्नो कार्यक्रम रत्नपार्कको शान्तिबाटीकामा हुने जानकारी गराएका छन् । उनले आफूहरुको आन्दोलन सडक र सदनबाट निरन्तर अघि बढ्ने समेत बताएका छन्।








प्रतिक्रिया दिनुहोस