आज:  | Tue, 17, Jun, 2025

वर्षा र पहिरोका कारण अरनिको राजमार्ग तीन स्थानमा अवरुद्ध

३ असार २०८२, मंगलवार ११:०३ मा प्रकाशित ( १३ घण्टा अघि) १२७२ पटक पढिएको
नारी बाटिका


काठमाडौं -३ असार ।

हालै परेको वर्षाको कारण देशभरका विभिन्न जिल्लामा पहिरो र बाढीले सडक अवरुद्ध हन थालिएका छन् । यसैविच प्रमुख राजमार्गहरूमा सवारी आवागमन प्रभावित हुन थालेको हो ।

नेपाल प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार सात जिल्लाका विभिन्न राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । जसमध्य दुई स्थानमा एकतर्फी रुपमा सवारी सञ्चालन भइरहेको बताईएको छ । त्यस्तै बागमती गाउँपालिका–३ कान्तिलोकपथ सडक छपलीमा पनि सढक अवरुद्ध भएको छ ।

त्यसैगरी धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित रवि राके भेडेटार सडकखण्डमा पहिरो खसी सवारीसाधन एकतर्फी रूपमा मात्रै सञ्चालन भइरहेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी, वडा नं। ३ लार्चा र वडा नं। २ कोलाङ क्षेत्रमा अवस्थित अरनिको राजमार्गका तीनवटै खण्डहरू पूर्ण रूपमा अवरुद्ध छन् ।

यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा विनयी त्रिवेणी गाउँपालिका–१ को खोला क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा बन्द गरिएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–८ को बर्लबामा कालिगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध छ ।

त्यसैगरी जुम्लाको सिँजा गाउँपालिका–२ चुलेलागाउँमा जुम्ला–मुगु सडक खण्ड एकतर्फी रूपमा सुचारु गरिएको छ । प्रहरी र सडक डिभिजन कार्यालयहरूले अवरुद्ध क्षेत्रको मर्मत तथा सरसफाइ कार्य तीव्र बनाई रहेका भएपनि वर्षाका कारण अवरुद्ध हट्न सकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस