आज:  | Mon, 30, Jun, 2025

केही स्वार्थीहरूलाई महाधिवेशन लागेको छ,यसको हिसाब–किताब हुने:अध्यक्ष वली

१४ असार २०८२, शनिबार १४:२९ मा प्रकाशित ( २ दिन अघि) २१०९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ १४ असार ।

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको समय नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वहरूलाई महाधिवेशन लागेको टिप्पणी गर्नु भएको छ।

जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घद्वारा चन्द्रागिरी १३, कङ्कालीमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भका अवसरमा उहाँले आफूहरूको लक्ष्य पार्टीलाई एकल बहुमत सहितको मिसन–२०८४ रहेको स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिने बताउनु भएको हो।

उहाँले भन्नु भयो“हामी अर्जुनदृष्टिका साथ मिसन २०८४ को अभियानमा छौँ। हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो। यस मिसनमा सबै एकजुट भएर लाग्नु पर्ने बेलामा महाधिवेशनको समय नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन”,

यसैगरी उहाँले “हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन। केही स्वार्थीहरूलाई महाधिवेशन लागेको मात्रै हो। हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन।” मदन भण्डारी फाउण्डेसनको कार्यक्रत्रम मार्फत शनिबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले केही नयाँ घोषणा गर्ने तयारी रहेका बेला पार्टी अध्यक्ष समेत रहनु भएका ओलीको चेतावनी शैलीमा यस्तो बताउनु भएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस