आज: २०८२ आश्विन ३, शुक्रबार | Fri, 19, Sep, 2025

प्रधानमन्त्री ओली आजै स्पेन भ्रमण सकेर स्वदेश फर्किंदै

२०८२ अषाढ २०, शुक्रबार मा प्रकाशित ( २ महिना अघि) ४१५५ पटक पढिएको
नारी बाटिका


काठमाडौं -२० असार।

प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन भ्रमण सकेर स्वदेश फर्किंदै हुनुहुन्छ । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन १४ गते असार स्पेन प्रस्थान गर्नु भएको थियो । उहाँ सोही भ्रमण सकेर अहिले अपराह्न पौने ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।

स्पेन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव, स्पेन, स्टोनिया, इजिप्ट र पोर्चुगलका प्रधानमन्त्री तथा राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए। उनले सम्मेलनलाई सम्बोधन गर्नुका साथै अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता समेत गरेका थिए।

भ्रमणका अन्तिम दिन उनले रियल मेड्रिड क्लबको रंगशाला भ्रमण गर्नुका साथै नेपाली दूतावास निरीक्षण र नेपाली समुदायसँग भेटघाट गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस