आज: २०८२ मंसिर ४, बिहिबार | Thu, 20, Nov, 2025

बडादसैँको आज सातौँ दिन फूलपाती पर्व र कालरात्रि देवीको पूजा

२०८२ आश्विन १३, सोमबार मा प्रकाशित ( १ महिना अघि) ३२५६ पटक पढिएको
नारी बाटिका


बिवियुनारी वाटिका संवाददाता

धादिङ -१३ असोज ।

नवरात्रको सातौं दिन आज दिन देशभर फूलपाती पर्व श्रद्धापूर्वक मनाइँदै छ।

आजको दिन शक्तिस्वरूपा भगवती कालरात्रि देवीको पूजा आरधना गरिँदैछ। गधा वाहन माथी बसेकी,कालो वर्ण,भएकी, चार हात र तीन आँखा भएकी कालरात्रि देवीले भक्तजनलाई साहस, आत्मविश्वास र संकटमोचन शक्ति प्रदान गर्ने विश्वास छ।

आज फूलपातीका दिन नवपत्रिकाको पुजामा कालरात्री देवीलाई सख्खर अर्पण गरी पूजा आरधना गरिन्छ र गरिबलाई दान दिनाले दरिद्रता नाश हुने धार्मिक मान्यता रहेको छ।

फूलपातीका अवसरमा गोरखा दरबारबाट काठमाडौँ दरबारसम्म फूलपाती ल्याउने ऐतिहासिक परम्परा छ। सप्तमी पूजामा विशेष मन्त्र, स्तुति र दुर्गा स्तोत्र पाठ गर्ने गरिन्छ।

श्रद्धापूर्वक गरिएको कालरात्रि पूजा र नवपत्रिका पुजा,जप ध्यान र स्तोत्र पाठ तथा उहाँप्रति गरिएको सअर्पणले जीवनमा शान्ति, समृद्धि र शत्रु नाश हुने धार्मिक विश्वास छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस