आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

आज राति लक्ष्मीको पूजा आरधना गरी मनाईदैछ

२०८२ कार्तिक ३, सोमबार मा प्रकाशित ( ५ दिन अघि) ३०३९ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता

धादिङ -३ कार्तिक ।

आज औँसीको साँझमा दीपावली गरी धनकी देवी लक्ष्मीको पूजा आरधना गरी मनाईँदैछ।यो दिनलाई तिहारको सबैभन्दा महत्त्वपूर्ण दिनको रुपमा लिइने गरिन्छ।

औँसीको रातमा लक्ष्मीको उत्पत्ति भएको दिनको रूपमा यस दिनलाई लक्ष्मी भवानीको पूजा–आराधना गर्ने विधान रहेको छ। संस्कृत भाषाका विद्वान् स्व.शिवराज आचार्य कौण्डिन्न्यायनको ‘वैदिक धर्म मूल रूपमा’ पुस्तकमा उल्लेख भएअनुसार यस दिनको उत्सवलाई ‘कौमुदी–महोत्सव’ वा ‘कौमोदिनी–महोत्सव’भनिन्छ।

आज विहानै घरको चोक,आँगन लगायतमा सफासुघ्घर गरी दिप प्रज्वलन गरेको उज्यालो भएका ठाउँमा लक्ष्मीले प्रवेश गरी उहाँको बास हुने धार्मिक विश्वास रहेको छ । त्यसै कारणले पनि आज अघिपछी भन्दा विशेष रुपमा घरआँगन, कोठाचोटा सफासुघ्घर पारी, चोखोसंग लिपपोत गरिन्छ। यस्तै ढोका र झ्यालमा फूलका माला र मन्दिर तथा नदीमा तोरण टाँग्ने प्रचलन छ।

त्यसपछी साँझ परेपछि आँगनदेखि पूजास्थलसम्म गाईको गोबर र चामलको पिठोले लक्ष्मीको पाइला बनाई दीपावली गरिन्छ। दीप–कलश–गणेशको पूजा गरी धनका देवता कुवेरसहित समृद्धिकी देवी महालक्ष्मीको विधि पुर्वक पूजा गरिन्छ। लक्ष्मीलाई प्रसन्न पार्न श्रीसुक्त पाठ गरिन्छ।

यस दिनमा तिथि अनुसारको विधिपूर्वक पूजा गर्नाले लक्ष्मी खुशी भई घरमा उहाँको आगमन हुने र धन–धान्य प्राप्त हुने,समृद्धि प्राप्त हुने शास्त्रीय ग्रन्थहरूमा उल्लेख भएको छ । यसका साथै सत्य, दान, व्रत, तप, धर्म, पराक्रम र सरलता भएका व्यक्तिको घरमा लक्ष्मीले वास गरी आशिर्वाद दिने विस्वास छ । तर अल्छीपन, जतिबेला पनि निद्रा लागी रहने,पापकर्म गर्ने,झुटो बोल्ने,चर्को बोल्ने,अरुको डाह गर्ने वा अरुको हित भएको देख्न नचाहने,असन्तोष,अधर्म आदिको आचरण भएका मानिसको घरमा लक्ष्मीले वास गर्न नसक्ने विष्णुपुराणमा बताइएको छ।

साथै यस वर्ष तिथि घडवढका कारण आजजै तिहारको दोस्रो दिन सोमबार बिहान कुकुरतिहार मनाइएको छ भने आजै साँझ लक्ष्मीपूजा पनि गर्न लागिएको हो।

दुइवटै तिथि आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । जस अनुसार आज २२ घडी ११ पला अर्थात् दिउँसो २ बजेर ५९ मिनेटसम्म चतुर्दशी तिथि पर्न गएको हो। त्यसपछि औँसी तिथि लाग्छ। ‘लक्ष्मीपूजा औँसीको साँझ वा रात्रिमा गर्ने विधि भएकाले आइतबार नै लक्ष्मीपूजा परेको हो’,

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस