आज: २०८२ फागुन ५, मंगलबार | Tue, 17, Feb, 2026

राष्ट्रपति पौडेलद्वारा बहिनीहरूको हातबाट शुभसाइतमा टिका ग्रहण

२०८२ कार्तिक ६, बिहिबार मा प्रकाशित ( ३ महिना अघि) ३२५६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -६ कार्तिक ।

राष्ट्रपति रामचन्द्र पौडेलले आफुना बहिनीहरूको हातबाट भाईटिकाको शुभसाइतम तिहारको टीका ग्रहण गर्नु भएको छ।

यस वर्षको यमपञ्चक तथा तिहारको आज अन्तिम दिन भाईटिकाको शुभसाइतमा राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शितलनिवासमा ११ः३९ बजेको समयमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाउनु भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहिबार (आज) बिहान ११ बजेर ३९ मिनेटको समयको लागि उत्तम साईत तोकेको थियो । यदपि यस वर्षको भाइटीकाको लागी शुभ साइत उक्त समयमा तोकिएको भएतापनि आज दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीहरुलाई टीका लगाउन मिल्ने समितिले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस