आज: २०८२ कार्तिक २८, शुक्रबार | Fri, 14, Nov, 2025

बुबाद्वारा छोराको गोली हानेर हत्या

२०८२ कार्तिक १०, सोमबार मा प्रकाशित ( २ हफ्ता अघि) १७६८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

पाँचथर -१० कार्तिक।

पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ दुर्दिम्बामा बावुदरा गोली प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन्।

दुर्दिम्बाको भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले मादक पदार्थ सेवन गरी आफ्नै १७ वर्षीय नाबालक छोरा सफल सिंघकलाई भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या गरेका हुन्।

रक्सीको नसामा डुबेका बखत सिंहले आइतबार दिउँसो ३ः२० बजेतिर घर पछाडिको बारीमा करिब १०० मिटर टाढाबाट छोरामाथि गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

बावुले प्रहार गरेको गोली दाहिने कुम, कञ्चट र छातीमा लागेका छोरा सफलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए।

प्रहरीले बावु बखतसिंहलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ । मृतक छोराको शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस