आज: २०८२ कार्तिक १३, बिहिबार | Thu, 30, Oct, 2025

मंगलवारबाट ठाउँठाउँमा वर्षा र हिमपातको सम्भावना सतकर्ता अपनाउन अनुरोध

२०८२ कार्तिक ११, मंगलबार मा प्रकाशित ( २ दिन अघि) २१४० पटक पढिएको
नारी बाटिका


बिवियु, नारी वाटिका संवाददाता

धादिङ -११ कार्तिक।

हाल नेपालमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण शोमबार रातिदेखी हल्का तथा मध्य हिमपात र वर्षाको सम्भावना देखिएको छ।

यसै प्रणालीको प्रभावले शोमबार रातिदेखि कात्तिक १२ गते बिहानसम्म हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शोमबार विशेष बुलेटिन जारी गरी उक्त जानकारी दिएको हो । जस अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

साथै,गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। सम्भावित वर्षा र हिम्पातका कारण दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

विभागका अनुसार गोरखा, मनाङ मुस्ताङ, डोल्पा, म्याग्दी, कास्की, पर्वत र आसपासका जिल्लामा बढी सतर्कता अपनाउन पनि अनुरोध गरेको छ। यस्तै दोलखा सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, हुम्ला, जुम्ला, मुगु, कालिकोट, दैलेख, जाजरकोट, सल्यान दुवै रुकुम, बाग्लुङ, सुर्खेत, बाँके र बर्दियामा पनि सतर्कता अपनाउन सुचित गराएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस