
नारी वाटिका संवाददाता
काठमाडौँ- १ मंसिर।
बालाचतुर्दशी (शतविजारोपण) पर्वलाई मध्यनजर गरी आजदेखि तीन दिनसम्म पशुपतिनाथ मन्दिर आसपासको क्षेत्रलाई ‘निषेधित क्षेत्र घोषित गरिएको छ।
स्थानीय प्रशासनले मन्दिर परिसरको धार्मिक पवित्रता र सांस्कृतिक अनुशासन कायम राख्न चारकिल्ला निर्धारण गरी मासु, मदिरा तथा विभिन्न नशालु पदार्थको उत्पादन, बिक्री–वितरण,भण्डारण,ओसार–पसार र सेवनमा पूर्ण रोक लगाएको हो।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ र ९) अनुसार शोमबार एक सूचना जारी गर्दै नियम पालना नगरी सो को अवहेलना गर्नेहरूविरुद्ध कानून अनुसार कारबाही हुने बताइएको छ।
वालाचतुलर्शी अवधिभर पशुपति क्षेत्रमा धार्मिक गतिविधि, भीडभाड व्यवस्थापन र सुरक्षालाई प्रभावकारी बनाउनको लागी काठमाडौं प्रशासनले कडाई गरिएको जनाएको छ।












प्रतिक्रिया दिनुहोस