
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२४ मंसिर ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आज नारी जागरण केन्द्रद्वारा टोल स्तरिय महिला समुहको सहगागितामा सामाजिक संन्जाल र हिंसाका घटनाको सम्वन्ध विषयमा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दैछ ।
हरेक वर्ष डिसेम्वर २५बाट सुरु भई नोभेम्वर १० सम्म मनाइने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आज सम्पन्न हुँदैर्छै । धादिङ जिल्ला कै पुरानो र क्रियासिल संस्था नारी जागरण केन्द्रले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा मगलबार जेष्ठनागरिकहरुसंग परिवार तथा तथा भन्ने शिर्षकमा अन्तर्रक्रिया कार्यक्रमको आयोजान गरिएको हो ।
हिंसा विरुद्धमा सरकारी तथा गैह्रसरकारी संघ संस्थाहरुले विभिन्न सेचतामुलक कार्य गदआईरहेका छन् ।जसले अँध्यारोलाई चिर्दै आफ्नो जीवनमा विजयी हुन महिलालाई मद्धत मुर्याउने गरेको छ ।
तर पछिल्लो समयमा सामाजिक संन्जालले समाजमा सुचना,जानकारी र आफ्नो सीपको विज्ञापन गर्नमा सहयोग पुर्याएतापनि धेरै मानिसहरु सामाजिक संन्जालको दुरुपयोग गरी विभिन्न अस्लिन सामाग्रीहरु प्रशारण गरिदिनाले हिंसा बढ्दै गएको अवस्था छ ।
यसै जोखिमलाई न्युनिकरण गर्नको लागी केन्द्रले टोलस्तरीय महिला समुहको सहभागितामा सचेतनामुलक अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नगरपालिका स्थित टोल समुहका महिला तथा किश्वरीहरुलाई सहभागी गराई सामाजिक संन्जालले समाजमा सिधा साधामा परिवार र व्यक्तिमा हिंसाबा घटनाहरु घटाउने भएकोले जोखिमबाट बच्ने उपायहरुको बारे विशेष कार्यक्रम हुने भएको केन्द्रले जनाएको छ ।
जसले हिंसाबाट जोखिममा परेका व्यक्ति तथा परिवारलाई साहस, दृढता र आशालाई साथ लिएर आफ्नो जीवन पुनः निर्माण गरेर हजारौँलाई उस्तै हिम्मत र परिवर्तनको बाटोमा प्रेरित गर्ने लक्ष राखिएको छ ।
१६ दिने अभियानका प्रत्येक दिन, अभियानकै रूपले मात्रै नभई सरकारी तथा गैह्रसरकारी क्षेत्रले संन्चालन गर्ने गतिविधीमा साहसी महिलाहरूको शक्ति झल्काउने खालको कार्यक्रम गर्दै,लैंगिक हिंसाको जाखिम हुने वर्ग र समुदायमा सचेतनामुलक कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिन सके हिंसा न्युनिकरण हुने सम्भावना रहन्छ ।







प्रतिक्रिया दिनुहोस