आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

पूर्वगृहमन्त्री लेखकमाथि छुट्टै अनुसन्धान गर्ने अख्तियारको तयारी

२०८२ मंसिर २५, बिहिबार मा प्रकाशित ( २ महिना अघि) २५४३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२५ मंसिर ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा पूर्वगृहमन्त्री रमेश लेखकमाथि छुट्टै अनुसन्धान गर्ने तयारी गरेको छ।

अख्तियारले घुस रिसवत र सम्पत्ति शुद्धीकरणमा २ छुट्टाछुट्टै अभियोगमा तत्कालीन विमानस्थल अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराईलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले तत्कालिन गृहमन्त्री लेखकलाई भने छुट्टै अनुसन्धान गर्नुपर्ने भन्दै अभियोग पत्रमा उल्लेख गरेको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले बताए ।

अध्यागमन प्रमुख भट्टराईको निवेदनको साथमा प्राप्त भएको डायरी तथा नेपाल टेलिकमबाट प्राप्त सीडीआर विवरणबाट पुर्व गृहमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारी तथा स्वकीय सचिव जनक भट्टसँग अस्वाभाविक सम्पर्क भएको खुल्न आएको बताएको छ ।

सोही सन्दर्भमा निज प्रतिवादी भट्टराईको गृह्रमन्त्री, गृहसचिव,अध्यागमन विभागका महानिर्देशक, तत्कालीन शान्ति सुरक्षा महाशाखाका प्रमुखसँग गैरकानूनी रकम लेनदेन भएको हुनसक्ने देखिएकोले बदनियतपूर्वक सेटिङ गरी भिजिट भिसामा विदेश पठाउन पुर्व गृहमन्त्री,गृहसचिव,अध्यागमन हेर्ने गृह मन्त्रालयका महाशाखा प्रमुखसमेतलाई सोही प्रकरणको आरोप लागेको छ ।

त्यसैगरी गृह्रमन्त्रालयका प्रशासन हेर्ने महाशाखा प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृह सचिवका सचिवालय र अन्य राष्ट्रसेवकहरूको समेत संलग्नता रहेको आरोपमा अनुसन्धान भइरहेको अभियोगपत्रमा उल्लेख गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस