
नारी बाटिका
काठमाडौं -२६ मंसिर ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरूको दबदबा कायम हुने दाबी गर्नु भएको छ।
शुक्रवार राष्ट्रिय युवा परिषद्द्वारा आयोजित सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद विषयक कार्यक्रमलाई सम्बोधन गर्नु हुदै मन्त्री खरेलले यस्तो बताउनु भएको हो।
उहाँले नेपाली राजनीतिमा युवाहरूको उपस्थितिलाई कसैले रोकेर नरोकिने धारणा व्यक्त गर्नु भयो। राजनीतिलाई नीतिहरूको राजा मान्ने हो भने समावेशिता,३३ प्रतिशत महिला प्रतिनिधित्व कायम र युवाहरूको उपस्थिति अनिवार्य रहेको प्रश्ट्याउनु भयो।
“अबको राजनीतिकमा दलहरूलाई युवाको सहभागिता र नेतृत्वमा ल्याउनका लागि बाध्यकारी बनाइएकोले नलाई नहुने अबस्था छ । ;
‘त्यसैले युवाहरु राजििनतिक नतृत्वमा आउन अघि बढ्नोस, यी पुराना नेताहरु त घाटमा जाने बेलासम्म पनि आफैँ नेता बन्ने, आफैँ प्रमुख बन्ने, आफैँ प्रधानमन्त्री बन्ने, आफैँ अध्यक्ष बन्ने गरेका छन्।”
मन्त्री खरेलले नेपालको वर्तमान स्थितिले युवा राजनीति र नेतृत्वमा जाज्वल्यमान उज्यालो ल्याउने बताउनु भयो।








प्रतिक्रिया दिनुहोस