आज: २०८२ चैत्र १९, बिहिबार | Thu, 02, Apr, 2026

काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमवार

२०८२ मंसिर २९, सोमबार मा प्रकाशित ( ३ महिना अघि) २८२२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२९ मंसिर।  बिबियु
आकस्मिक रुपमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) बस्ने भएको छ।

पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएकोले शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो।

बैठक सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएको हो । बैठकमा सहभागी हुनका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिलाई निर्देशानुसार जानकारी गराएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस