
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -२९ मंसिर । बिबियु
धादिङको गंगाजमुना गाउंपालिका .३ नं.वडा कार्यालयले टिकट काटेर यात्रुलाई अलपत्र पारी पार्टीको कार्यकर्ता बोक्ने गाडीलाई वडाभित्र चल्न रोक लगाएको छ ।
धादिङवेशीबाट संन्चालित ग्रामिण यातायात, धादिङ प्रा.लि. र धादिङ यातयात मंडली प्रा.लीबाट संचालन हुने गाडीलाई वडा भित्र चल्न रोक लगाएको हो ।
विशेषगरी ग्रामिण भेग(गाउँ गाउँ)बाट धादिङवेशी,काठमाडौं,पोखरा,नारायणघाट लगायतका लागी छुट्ने गरेका बसहरुले टिकट काटि सकेका यात्रुलाई अलपत्र पारी पार्टीको कार्यकर्ता बोकेर गएपछी वडाले बा.प.०१००६ ५०३१ नम्बरको बस संचालक र सम्बन्धित व्यक्तीलाई कारबाही यात्रुहरुले गुनासो गरेपछी वडाले यस्तो निर्णय गरेको हो ।
उक्त बसमा टिकट काटेर बस जाने समयको प्रतिक्षामा रहेका यात्रुलाई सो बसमा नलगी पार्टीको कार्यकर्ता लिएर यात्रुको अलपत्र पारेपछी वडामा आएको जन गुनाँसो अनुसार उब्m बसलाई कारबाही नगरे सम्म एक सुचना जारी गर्दै वडाभित्र बस संञ्चालन नगर्न अनुरोध गरेको हो । वडा अध्यक्ष राजकुमार गुरूङले एक सुचना मार्फत यस्तो जानाकारी गराउनु भएको हो ।
विशेष गरी ग्रामिण भेगमा तोकिएको समय र तोकिएको संख्या मात्रै सार्वजनिक सवारी साधनहरु चल्ने भएकोले यातायात व्यववशायी र चालकको यस्तो गतिविधीले यात्रुहरु मारमा पर्ने गरेकाले धादिङको गंगाजमुना गाउंपालिका ३ नं.वडा कार्यालयलेगरेको यस कदमप्रति सम्पुर्ण नागरिकहरुले धन्यवाद दिँदै खुशी व्यक्त गरेका छन् ।
यसैगरी यात्रुहरुलाई दुख दिने मनलाग्दी पाराले भाडा अशुल गर्ने,मापसे,लापसे सेवन गरी गाडी चलाउने सार्वजनिक सवारी साधनलाई अन्य स्थानीय तहहरुलगायत सम्वन्धित निकायहरुले खबरदारी गर्न सके सवारी दुर्घटना समेत न्युनिकरण हुनुका साथै सार्वजनिक यातायात प्रयोग गर्ने नागरिकले सहज महशुस गर्न सक्नेछन् ।







प्रतिक्रिया दिनुहोस