
नारी बाटिका
नारी वाटिका संवाददाता बिबियु
धादिङ -१ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि विद्युतीय प्रकृयाबाट मतदान हुँदैछ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदान छ।
नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता गरिएको थियो । उम्मेदवारको अन्तिम नामावली पनि आयोगले आजै सार्वजनिक गरिसकेको हो ।
प्रतिनिधिहरुबाट कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ। एमालेले महाधिवेशनमा यसपटक विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो।
मतदानमा ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको हो । विद्युतीय भोटिङ मेसिनमार्फत “हामीले निर्धारित समयमा उम्मेदवारको नाम मेसिनमा इन्ट्री गरेर निर्वाचन आयोगलाई बुझाउने कार्य भएको थियो , “तर धेरै उम्मेदवार भएको कारण व्यवस्थापनको गर्न लामो समय लागेको थियो ।
अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। महासचिवमा भने शंकर पोखरेल र सुरेन्द्र पाण्डेकाबिचमा कडा पतिस्पधा परेको छ। मतदानमा कुल दुई हजार २६३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्।








प्रतिक्रिया दिनुहोस