
नारी बाटिका
धादिङ ७ पुस । बिबियु
क्रान्तिकारी कम्युनिस्ट पार्टीले आगमी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनमा बहिष्कार गर्ने घोषणा गरेको छ । शोमबार धादिङवेशीमा पत्रकार सम्मेलन गरी निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि कम्रेड दिपकले जानकारी दिनु भयो। 
उक्त पार्टी‘ले निर्वाचन बहिष्कार गर्ने नीति पारित गरी पार्टीको साङ्ठनिक क्षमताको सापेक्षतामा सत्ता र व्यवस्थाको भण्डाफोर गर्दै निर्वाचन बहिष्कारका कार्यक्रम अगाडि बढाएर क्रान्तिकारी आन्दोलनको विकासमा जोड दिने निर्णय गरिएको जनाएको छ।
पार्टीले देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिबीच राष्ट्रिय राजनीतिक सम्मेलन मार्फत् संयुक्त मोर्चा बनाएर आन्दोलन गर्ने, आन्दोलनको बलमा स्वाधीन संयुक्त सरकारको गठन गर्ने र सोही सरकार मार्फत् वर्तमान प्रतिक्रियावादी संविधान खारेज गर्ने जस्ता नीति लिएको जनाएको छ । 
जनसंविधान निर्माण गरी क्रान्तिलाई अगाडि बढाउने कार्यनीतिक शृङ्खला निर्धारण गर्दै आगामी संसदीय निर्वाचनको वहिष्कार नै सही नीति हुने पार्टीको धारणा रहेको जानकारी दिएको छ ।
साथै क्रान्तिकारी पार्टीले भदौ २३ र २४ को जेनजी विद्रोह र त्यसपछि देशमा उत्पन्न राजनितिक परिस्थितिमा ओली नेतृत्वको सरकार बर्खास्त तथा संसद् विघटनबाट बनेको सरकारलाई कठपुतली सरकार भएको बताएको छ ।








प्रतिक्रिया दिनुहोस