आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

प्रधानमन्त्री कार्की र ठुलादलका शिर्ष नेताहरुबिच निर्वाचन सफल पार्ने सहमति

२०८२ पौष ९, बुधबार मा प्रकाशित ( १ महिना अघि) २२०२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -९ पुस । बिबियु

आगामी फागुन २१मा हुन गैइरहेको निर्वाचन सफल बनाउन प्रमुख तीन दलका शिर्ष नेताहरु र सरकारबीच समझदारी भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

राष्ट्रपति भवन शीतल निवासस्थित राष्ट्रपति पोडेलको अध्यक्षतामा मंगलवार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहितको कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालसँगको बैठकमा यस्तो समझदारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

बैठकमा विशेष गरी आगमी चुनावको वातावरण बनाउन विस्तृत छलफल पुनः बालुवाटारमै गर्ने भन्ने सहमति भएको छ। छलफलका क्रममा देशको परिस्थिति गम्भीर अवस्थामा रहेकाले निकास दिनका लागि चुनावको घोषण भएको जानकारी दिँदै राष्ट्रपति पौडेलले गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन दलहरुलाग्न अनुरोध गर्नु भएको थियो।

बैठकमा प्रधानमन्त्री कार्कीले विषम परिस्थितिलाई सहज अवस्थामा ल्याउन तोकिएकै समयमा निर्वाचन गराउन सबै दलले सहयोग गर्नुपर्ने बताउनु भएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस