आज: २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026

यातायातको कार्यालय र ट्रायल सेन्टरमा बिचौलियाको काम गर्ने ८ जना पक्राउ

२०८२ पौष ९, बुधबार मा प्रकाशित ( ५ महिना अघि) ३९६९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -९ पुस ।

यातायात व्यवस्था कार्यालय तथा ट्रायल सेन्टरमा सेवाग्राहीलाई ठगी गर्ने आठ जना बिचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको छ।

यातायात व्यवस्था कार्यालय राधे–राधे भक्तपुर, यातायात व्यवस्था कार्यालय गुर्जुधारा काठमाडौं तथा दक्षिणढोका ट्रायल सेन्टरलगायत स्थानमा सक्रिय रुपमा ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले बिचौलियाहरुको निगरानी राखेको हो ।

प्रहरीका अनुसार बिचौलियाले सेवाग्राहीलाई अनावश्यक हैरानी दिने,काम छिटो गराइदिने भन्दै रकम असुल्ने गरेको पाइएकोले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–८ घर भई हाल ललितपुर मंगलबजार बस्ने ६१ वर्षीय झमकलाल श्रेष्ठ, काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–५ का ३३ वर्षीय अनिमेष अवा, दोलखा तामाकोशी गाउँपालिका–४ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ बस्ने ३३ वर्षीय बासु खड्का रहेका छन्।

यस्तै झापा कमल गाउँपालिका–२ घर भई हाल भक्तपुर नगरपालिका–१० बस्ने ४७ वर्षीय भिमबहादुर नेम्वाङ, काठमाडौं महानगरपालिका–८ गुहेश्वरी बस्ने ४३ वर्षीय प्रदीप श्रेष्ठ, कागेश्वरी मनोहरा नगरपालिका–५ मुलपानी बस्ने ३६ वर्षीया शर्मिला चौलागाईं पक्राउ परेका हुन्।

यस्तै प्रहरीले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीचौर बस्ने ४१ वर्षीया दिपा कटुवाल तथा पर्वत जलजला गाउँपालिका–४ घर भई हाल गोकर्णेश्वर नगरपालिका–५ दक्षिणढोका बस्ने ५० वर्षीय दुर्गा प्रसाद न्यौपाने रहेको प्रहरीले जनाएको छ।

उनीहरूमाथी मंगलबार पक्राउ गरी थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं र जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ। साथै प्रहरीले यातायात कार्यालय र ट्रायल सेन्टरमा हुने बिचौलिया गतिविधि नियन्त्रणका लागि निगरानी र कारबाहीलाई अझ सशक्त बनाइने जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस