आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

थापा र दिङ्देलको राप्रपा पार्टीबिच एकता गर्ने सहमति

२०८२ पौष १०, बिहिबार मा प्रकाशित ( १ महिना अघि) १७६८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -१० पुस ।      बिबियु

कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी र राजेन्द्र लिङ्देनको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ।

कुनै बेला एक आपसमा कुरा नमिलेर पार्टी फुटाएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर गरी पार्टी एकताको सवाललाई सार्वजनिक गरिएको हो।

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार यी दुइ पार्टीका नेतृत्वबिचमा छलफल र सहमति भई पार्टी एकताको घोषणा सभासमेत यही पुस १६ गते राष्ट्रिय सभा गृहमा आयोजना गरिएको बताउनु भएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस