आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

पुर्वगृहमन्त्री लेखक बयान दिन जाँचबुझ आयोग जाने

२०८२ पौष १०, बिहिबार मा प्रकाशित ( १ महिना अघि) २८२२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -१० पुस ।     बिबियु

पुर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको क्रममा भएको घटनाका सम्बन्धमा आफु बयान दिनका लागी जाँचबुझ आयोग जाने हुनु भएको छ ।

बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको नेपाली काँग्रेसको बैठकले पुर्वगृह्रमन्त्री लेखकलाई बयानका लागी जाँचबुझ आयोग जान सल्लाह दिएको थियो । पुर्व गृह्रमन्त्री लेखकले सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले आफू बयानका लागि सोमबार जाँचबुझ आयोगमा जाने बताएका हुन्।

‘भाद्र २३ र २४ गतेको जेनजी आन्दोलन घटनाको बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ। मैले पुस १४ गते सोमबार आयोगमा जाने निर्णय गरेको छु,’ उहाँको भनाइ थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस