आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता

२०८२ पौष ११, शुक्रबार मा प्रकाशित ( १ महिना अघि) १७३७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -११ पुस ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सञ्चारमन्त्री जगदीश खरेलबिच भेटवार्ता भएको छ । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता खरेल आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महाराजगञ्जस्थित निवास मै पुगेर भेटनु भएको थियो।

त्यसपछि मन्त्री खरेलले आजै बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निजी निवास गुण्डुमा पुगेर भेट गर्नु भएको छ। यस्तै, दिउँसो आजै दिउँसो १२ बजे नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको उहाँको सचिवालयले जनाएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण निर्माणका लागि सरकारका तर्फबाट देशका विभिन्न राजनितिक दलहरुसंग समन्वय र संवाद तीव्र पारिएको छ भने यसका साथै जेनजी आन्दोलनका क्रममा क्षति पुगेका राजनीतिक दलका कार्यालयको अनुगमन पनि गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस