
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -१५ पुस । बिबियु
कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले सुरक्षाको प्रत्याभूति नबनाएसम्म तोकिएको मितिमा निर्वाचन हुन नसक्ने बताउनु भएको छ ।
कोइरालाले भन्नु भयो लोकतन्त्रमा विश्वास गर्ने दल चुनावबाट नभाग्ने तर सरकारले शान्ति सुरक्षाको सुनिश्चितता गरेपछी राजनितिक दलहरु ढुक्कले चुनावी माहोलमा लाग्नेछन् ।
मुलुकमा जेनजी आन्दोलनपछी पुलिस प्रशासनको मनोबल कमजोर भएको अवस्था छ भने हजारौं कैदी फरार र सयौं हात हतियार लुटिएकोले ती सबै हतियारहरुतत्काल फिर्ता गरिनु पर्ने उहाँको माग छ ।
डा.कोइरालाले भदौ २३ गतेको घटनामा भएको दमनको निन्दा गर्दै भदौ २४ गतेको घटनाबारे समेत गम्भीर प्रश्न उठेको उल्लेख गर्नु भयो। आगमी निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण तवरले गराउन सुरक्षा नै मुख्य आधार भएको उहाँको धारणा छ।








प्रतिक्रिया दिनुहोस