
नारी वाटिका संवाददाता
काठमाडौं १७ पुस
सडक आन्दोलनका अभियान्ता दुर्गा प्रसाईंले जनमतसंग्रहको सवाल उठाइृरहेका बेला उक्त विषयमा निर्णय लिन सरकार संग छलफल भएको बताएका छन् । प्रसाईंले राखेका जनमतसंग्रहको विषयमा छलफल गरी जवाफ दिन सरकारले आगामी आइतवारसम्मको समय मागेको बताएका छन्।
बिहीवार प्रसाईँ र प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि यसका लागि आफुले सरकारलाई आइतवारसम्मको अल्टिमेटम दिएको उनको भनाइ छ ।
प्रसाईँका अनुसार सरकारले आगामी आइतवारसम्म पनि आफ्ना माग बमोजिम जनमतसंग्रहबारे निर्णय नलिए सडक आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
यस्तै एउटा पक्षलाई रुवाएर अर्को पक्ष निर्वाचनमा जान नपाउने साथै सरकारले जेन–जीका माग त्यत्तिकै राखेर निर्वाचनमा जान नपाउने उनको भनाइ थियो।












प्रतिक्रिया दिनुहोस