आज: २०८३ जेष्ठ ३, आईतबार | Sun, 17, May, 2026

महाधिवेशनको विषयलाई लिएर कांग्रेसमा फेरी किचलो सुरु

२०८२ पौष १८, शुक्रबार मा प्रकाशित ( ४ महिना अघि) २२९५ पटक पढिएको
नारी बाटिका


तस्वीर स्रोत  नयाँ पत्रिकाबाट साभार

नारी वाटिका संवाददाता
धादिङ – १८ पुस ।

काँग्रेसको महाधिवेशन गर्न तोकिएको पुर्व निर्धारित मितिमा महाधिवेशन हुन नसक्दा फेरी आन्तरिक किचलो सुरु भएको छ । अन्य पार्टीमा जस्तै कांग्रेसमा पनि गुट–उपगुटको को भिाजनमा परेको कांग्रेसको भविष्य के हुने भन्ने प्रश्न पार्टीभित्र मात्र नभई समग्र राजनीतिक वृत्तमा समेत विश्लेषण गर्न थालिएको छ ।

देशमा निर्वाचनको माहोल क्रमशः तीव्र बन्दै गएको अवस्था छ तर कांग्रेसभित्र भने शक्ति संघर्ष झनै चर्किँदै गएको हो। एकातिर सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले चुनाव पछिमात्रै महाधिवेशन गर्ने भनेर अडान लिएका छन् भने अर्को तर्फ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको संस्थापनइतर पक्षहरु निर्वाचन अघि नै महाधिवेशन गर्नुपर्ने मागसहित खुला रूपमा मैदान मै उत्रिएका हुन् ।

मुलुकमा आगमी फागुन २१ मा हुने निर्वाचनको तयारी सरकाले तिब्र बनाई रहेको छ । चुनाव नजिकिँदै गइरहेको सन्दर्भमा संस्थापन पक्षले चुनावलाई प्राथमिकता दिँदै महाधिवेशनपछि गर्ने रणनीतिमा छ । तर, पार्टीका अर्का शक्तिशाली नेता एवं् महामन्त्रीद्वयले भने नेतृत्वले महाधिवेशनलाई निरन्तर टार्दै आएको आरोप लगाउँदै आएका छन् ।

महामन्त्री थापाले आफ्नो धारणा सार्वजनिक गर्दै संस्थापन पक्षले नियमित र आकस्मिक दुवै प्रकारका महाधिवेशनप्रति चासो नदेखाएपछि पुस महिनाभित्रै विशेष महाधिवेशन गर्ने गरी आह्वान गरिएको बताउनु भएको छ ।

यही तयारीस्वरूप महामन्त्रीद्वयको निर्देशनमा पुस २७ र २८ का लागि भृकुटीमण्डपको हलसमेत बुकिङ गर्नुका साथै महाधिवेशन गर्नेै पर्ने सम्वन्धमा संयुक्त रुपमा विज्ञप्ति पनि निकालेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस