आज: २०८२ पौष २७, आईतबार | Sun, 11, Jan, 2026

काँग्रेसका जिल्ला तथा प्रदेश सभापतिहरुद्वारा वार्ताबाट निकास निकाल्न केन्द्रीय नेतृत्वलाई दवाव

२०८२ पौष २७, आईतबार मा प्रकाशित ( १६ घण्टा अघि) ३११ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२७ पुस ।              बिबियु

नेपाली काँग्रेसका ४७ जिल्लाका सभापतिहरु र ५ प्रदेश सभापतिसहितले विज्ञप्ति जारी गरी वार्ता संवादबाट निकास निकाल्न केन्द्रीय नेतृत्वलाई दवाव दिएका छन् ।

हालै विशेष महाधिवेशनको विषयलाई लिएर नेपाली कांग्रेसमा देखिएको विवादले काठमाडौंमा भेला भएका बहुमत प्रदेश सभापति र जिल्ला सभापतिहरूले पार्टीभित्र देखिएको समस्या वार्ता र संवादबाट समाधान गर्न केन्द्रीय नेतृत्वलाई दवाव दिन थालेका हुन्।

देशमा फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका केन्द्रय तहका नेतृत्वमा भने विशेष महाधिवेशनको विषयमा विवाद चर्काएर पार्टीलाई कमजोर बनाउने खेल भएकोले प्रदेश र जिल्ला सभापतिहरुले नेतृत्वलाई संच्चिन पर्ने आवश्यकतासहित पार्टीभित्रको आन्त्रिक दन्द्धलाई मिलाएर आगमी चुनावी मैदानमा उत्रिन दवाव दिएका छन् ।

शनिवार पाँच प्रदेश सभापति, दुई प्रदेश उपसभापति र ४७ जिल्ला सभापतिहरूले संयुक्त वक्तव्य जारी गर्दै पार्टी संकटमा परेको भन्दै एकताका लागि संवाद आवश्यक रहेको औंल्याएका छन्।

वक्तव्यमा भनिएको छ महाधिवेशनको मागसहित हस्ताक्षर सङ्कलन भएको स्वीकार गरिएको तर सबै हस्ताक्षरकर्ताले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पारिएको छ। साथै केही हस्ताक्षरकर्ताले नियमित महाधिवेशन हुन नसके मात्र विशेष महाधिवेशन चाहेको बताएका छन् ।

यससंगै केहीहस्ताक्षरकर्ताहरुले भने आफुहरुले विशेष महाधिवेशनको माग गरेको र केही तटस्थ रहेको उल्लेख गरेका छन् । पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका आइसकेको भएतापनि नियमित महाधिवेशनकै प्रक्रिया अघि बढेको अवस्था छ ।

तर विशेष पस्थितिमा मात्रै विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय समितिको मात्र रहेको उनीहरूको ठहर छ। यतिवेला सो सम्वन्धमा उपयुक्त वातावरण नरहेकाले पार्टी विभाजनबाट जोगिन केन्द्रीय कार्यसमितिले वार्ता र संवाद गरी एकताको प्रयास तीव्र पार्नु पर्ने वक्तव्यमा भनिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस