आज: २०८२ फागुन ६, बुधबार | Wed, 18, Feb, 2026

माओवादी मार्पाक पार्टी कमिटीका तत्कालीन अध्यक्ष नारायण पन्त कांग्रेसमा प्रवेश

२०८२ फागुन ६, बुधबार मा प्रकाशित ( २ घण्टा अघि) ४९७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -६ फागुन ।

धादिङको नेत्रावती डपजोङ गाउॅंपालिकाका तत्कालीन ने.क.पा. माओवादी केन्द्र,पार्टी कमिटीका अध्यक्ष नारायण पन्त नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

पन्त विगत ४ दशकदेखी नेपाल कम्युनिस्ट आन्दोलनमा क्रियाशील व्यक्ति हुन् । उनी मंगलबार नेपाली कांग्रेस क्षेत्र न.ं २ धादिङका प्रत्यक्ष तर्फका प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश धमला र समानुपातिक तर्फका उम्मेदवार सेतेमान तामाङको घरदैलो अभियान तथा मतदाता भेटघाट कार्यक्रमको क्रममा नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका हुन्।

उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धादिङका प्रभावशाली नेता तथा प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश धमलाले पार्टीमा विशेष स्वागतका साथ प्रवेश गराउनु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस