
नारी बाटिका
धादिङ -६ फागुन ।
धादिङको नीलकण्ठ नगरपालिकाको आयोजनामा दोस्रो नीलकण्ठ मेयर फुटसल प्रतियोगिता २०८२ आजदेखी धादिङवेशीमा सुरु भएको छ । 
बुधवार निलकण्ठ नगरपालिकाका मेयर भिमप्रशाद ढुंगानाको प्रमुख आतिथ्यतामा फुटसल प्रतियोगिताको उद्घाटन गर्नु भएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीदद्त कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तारेकेशोर नगरपालिकाका मेयर तथा विभिन्न जिल्लाका नगर तथा गाउँपालिकाका मेयर, उपमेयरहरु तथा जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी कार्यक्रमको उद्घाटन सत्रमा कर्मचारी,पत्रकार, नगर शिक्षा शाखा प्रमुख मेघनाद कोईराला,निलकण्ठ नगरपालिका ३ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, १० नं.वडाका वडाध्यक्ष सरोज पाण्डे,वडा नं. १२ का वडाध्यक्ष धर्मराज भण्डारीलगायतको उपस्थिती रहेको थियो । 
फटसल प्रतियोगिता आजदेखी फागुन ९ गतेसम्म संन्चालन हुनेछ ।








प्रतिक्रिया दिनुहोस