आज: २०८२ चैत्र ५, बिहिबार | Thu, 19, Mar, 2026

साँसद आशिका तामाङको निर्देशन विरुद्ध धादिङका सबै स्थानीय तहहरु विरोधमा उत्रिने

२०८२ चैत्र ५, बिहिबार मा प्रकाशित ( ३ घण्टा अघि) १०५५ पटक पढिएको
नारी बाटिका



बिबियु,नारी वाटिका संवाददाता
धादिङ  -५ चैत ।

धादिङ क्षेत्र नं. १ की संघीय साँसद आशिका तामाङको निर्देशन विरुद्ध धादिङका सबै स्थानीय तहहरु विरोधमा उत्रिने भएका छन् ।

१३ वटै स्थानीय तहले सांसद आशिका तामाङले स्थानीय तहको अधिकार कार्य क्षेत्रलाई मिचेर साँसद तामाङले दिएको ठाडो निर्देशनप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

बिहिबार जिल्लाको १३ वटै नगर र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरुको संयुक्त रुपमा बसेको बैठकको निर्णयले विज्ञप्ति जारी गर्दै संघीयता कार्यान्वयन र स्थानीय तहको अधिकार सुनिश्चित गर्न जोड दिँदै संयुक्त विज्ञेपीत निकालेका हुन।

नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न बैठकले जिल्ला प्रशासन कार्यालय धादिङ र प्रतिनिधि सभा सदस्यबाट आएका निर्देशनप्रति असन्तुष्टि व्यक्त गरिएको छ।

नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको स्थानीय तहको अधिकार कार्यान्वयनमा विभिन्न अवरोध देखिएको छ। विशेषगरी, जिल्ला प्रशासन कार्यालय र प्रतिनिधि सभा सदस्यबाट दिइएका केही निर्देशनहरूले स्थानीय तहको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै आपत्ति जनाइएको छ।

विज्ञप्तिमा संघीय शासन प्रणालीको मर्म अनुसार तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व कायम हुनुपर्नेमा जोड दिइएको छ। तर व्यवहारमा भने स्थानीय तहका निर्णय र अधिकारमाथि हस्तक्षेप हुने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण गराइएको हो ।

स्थानीय तहहरूले विकास निर्माण, सेवा प्रवाह, सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणमा आफूहरू प्रतिबद्ध रहेको जनाउँदै अधिकार कुण्ठित गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारिएको छ।

साथै, संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच स्पष्ट भूमिका निर्धारण र आपसी सहकार्य आवश्यक रहेको विज्ञेप्तिमा उल्लेख गरिएको छ। उक्त संयुक्त विज्ञप्तिमा धादिङका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले हस्ताक्षर गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस