
नारी बाटिका
बिबियु-नारी वाटिका संवाददाता
धार्दिङ -७ वैशाख।
आज वैशाख शुक्ल तृतीया, अर्थात् ‘अक्षय तृतीया’ पर्व । यस तिथिलाई सनातन हिन्दु धर्ममा अत्यन्तै शुभ र सिद्धिदायक मानिन्छ। ‘अक्षय’ को शाब्दिक अर्थ ‘कहिल्यै नाश नहुने’ वा ‘सधैँ बढिरहने’ । आजको दिन गरिने पुण्य, दान, जप, तप र होमजस्ता धार्मिक कार्यले अक्षय फल प्रदान गर्न सकिने मान्यता छ ।
यत् कृतं तु दानादि तदक्षयम् भवेत्॥”
भविश्य पुराणमा उल्लेख गरिए अनुसार –अक्षय तृतीयालाई सबै सिद्धिदायक तिथिको रुपमा लिएको छ । वैशाख महिनामा सूर्य ग्रह मेष राशिमा गोचर गरी उच्च हुने र आज चन्द्रमा पनि वृष राशिमा गोचर गरी उच्च भएको हुनाले आजको दिन अत्यन्तै शुभ मानिन्छ । ज्योतिष शास्त्रीय अनुसार अक्षय तृतीया ‘अबूझ मुहूर्त’ को रूपमा लिएको छ ।
आज सूर्य र चन्द्रमा दुवै शक्तिशाली अवस्थामा रहने भएकोले आजको दिनमा शुभ कार्यका लागि घरको जग पूजा, गृहप्रवेश, व्रतबन्ध, विवाह, व्यापारारम्भ आदि कार्यहरू स्वतः सिद्ध मानिन्छन् । सत्ययूग आजकै तिथीबाट आरम्भ भएको हो । यूगादि तिथिमा विधिवत् धार समुद्रमा स्नान गर्ने मानिसले कुरुक्षेत्रमा हजार गाई दान गरेको फल र भूमि दान गरेको फल प्राप्त गर्दछ भन्ने शास्त्रमा उल्लेख छ ।
आजको दिन तथा वैशाख महिनाभर गंगाजलले वा गंगाजल मिसिएको पानीले स्नान गरे सबै पापबाट मुक्त हुने शास्त्रीय मान्यता छ । देवी पुराणमा– आजको दिन रोहिणी नक्षत्र अर्थात आज रोहिणी नक्षत्र परेको दिन, जलकुम्भ (पानीले भरिएको घडा)को पूजा गरी दान गर्दा साधकलाई शिवलोक प्राप्त हुन्छ भनिएको छ। आजको दिन जौ को सातु र सर्बत ग्रहण गर्दा समस्त पापबाट मुक्त भई ऐहिक एवं परलौकिक सुख शान्ति प्राप्त हुने विस्वास छ ।
धर्म शाश्रीय मान्यता अनुसार, आज कै दिन पाण्डव हरूले अक्षय पात्र प्राप्त गरेका थिए, जसबाट कहिल्यै अन्न सकिँदैनथ्यो । यस दिन भगवान् विष्णु तथा देवी लक्ष्मीको आराधना गरेमा विशेष फलदायी हुने मान्यता रहेको ।








प्रतिक्रिया दिनुहोस