आज: २०८३ बैशाख ७, सोमबार | Mon, 20, Apr, 2026

मौसम ,पहाडमा वर्षा र हिमपातको सम्भावना, तराईमा बढ्दो गर्मी

२०८३ बैशाख ७, सोमबार मा प्रकाशित ( ३ घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धार्दिङ -वैशाख।

हाल देशभरको मौसममा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । यसका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिए जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका विभिन्न भू(भागमा मौसमी बदली भइ वर्षा र हिमपात भएको अवस्था छ ।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भुभागमा साधारणतया मौसम बदली छ। सुदूरपश्चिमको पहाडी र तराई क्षेत्रका तथा कोशी प्रदेशको तराई भागमा पनि आंशिक बादल लागेको छ।

साथै विहान सम्म कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भुभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात भइरहेको छ। साथै अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा नै छ। सोमबार कोशी प्रदेश लगायत अन्य पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने र तराई क्षेत्रमा पनि आंशिक बदलीको सम्भावना छ।

आज कोशी र गण्डकीका पहाडी र हिमाली क्षेत्र साथै बागमती र लुम्बिनी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

यस्तै आज पहाडमा वर्षाको सम्भावना छ । तर तराई क्षेत्रमा भने गर्मी बड्दै गएकोले जनजीवन प्रभावित पार्ने सम्भावना छ। मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा गर्मी हुने सम्भावना छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस