आज: २०८३ बैशाख ८, मंगलबार | Tue, 21, Apr, 2026

हावाहुरीले रूख ढल्दा च्यापिएर ज्वालामुखीमा एक जनाको मृत्यु

२०८३ बैशाख ८, मंगलबार मा प्रकाशित ( २ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


बिबियु-नारी वाटिका संवाददाता

धार्दिङ -८ वैशाख।

धादिङको ज्वालामुखी गाउँपालिका–४ मा सोमबार साँझ आएको हावाहुरीले रूख ढल्दा च्यापिर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही अन्दाजी ४७ वर्षीय सन्दीप मगर रहेको जिल्ला प्रहरी कार्यालय धार्दिङका सूचना अधिकारी डिएसपी प्रकाश दहालले जानकारी दिनु भयो ।

हुरीले रूख ढालेपछी सोही रुखले च्यापेर गम्भीर घाइते भएका मगरलाई तत्काल उद्धार गरी उपचारका लागि धादिङ अस्पताल ल्याईएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएको हो । शोमबार बेलुकी छिटपुट वर्षासहित अचानक हावाहुरी चलेको कारण रूख ढलेर उक्त घटना भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस