आज: २०८३ बैशाख ११, शुक्रबार | Fri, 24, Apr, 2026

आज ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

२०८३ बैशाख ११, शुक्रबार मा प्रकाशित ( २ घण्टा अघि) ११७९ पटक पढिएको
नारी बाटिका


बिबियु-नारी वाटिका संवाददाता
धादिङ -११ वैशाख ।
हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। सोही कारण आज हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रही केही स्थानमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी भूभागमा केही असर देखिने सम्भावना छ भने तराई क्षेत्रमा आंशिक बदली भइ गर्मी बढ्ने र केही स्थानमा तातो लहर चल्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ।

त्यस्तै आज राति हिमाली क्षेत्रमा सामान्य बदली रहने र कोशी तथा गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस