
नारी बाटिका
बिबियु-नारी वाटिका संवाददाता
धार्दिङ -१५ वैशाख।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय प्रणाली र पूर्वी क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले देशभर मौसम बदली रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले विहान हिमाली र पहाडी भेगमा सामान्यतया बदली हुने र बाँकी स्थानमा आंशिक बदली रहेको छ जनाएको छ । साथै अहिले गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
यस्तै मंगलबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भेगमा बदली रहनेछभने केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
आज राति पनि देशभरका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा भएको मौसम बदली कायमै रहने छ । कोशी प्रदेशका धेरै स्थानसहित अन्य प्रदेशका केही स्थानमा पनि वर्षा र हिमपात हुने सम्भावना छ। साथै कोशी र गण्डकी प्रदेशका केही क्षेत्रमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।








प्रतिक्रिया दिनुहोस