आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

रूविभ्यालीमा भिरबाट लडेर युवकको मृत्यु,शव निकाल्न कठिनाई

२०८३ बैशाख १६, बुधबार मा प्रकाशित ( ३ महिना अघि) ४०३१ पटक पढिएको
नारी बाटिका


बिबियु नारी वाटिका संवाददाता

रुबीभ्याली- १६ वैशाख ।

धादिङको रुबी भ्याली गाउँपालिका ४ र ५ को सिमानामा पर्ने नाहम्जी भिरबाट एक युवकको लडेर मृत्युु भएको छ।

मृत्यु हुनेमा सोही पालिका वडा नं ४ का २७ वर्षीय अर्जुन तामाङ रहेका छन्। उनी रुबी (रत्न) खोजीका लागी उक्त स्थानमा गएका र सोहीक्रममा भिरबाट लडेर गम्भीर घाइते भएका थिए ।

घटनापछि सुरक्षाकर्मी र स्थानीयको सहयोगमा शब निकाल्ने प्रयास भइरहेको छ। तर घटनास्थल अत्यन्तै भीरालो र जोखिमपूर्ण भएकाले हालसम्म शव निकाल्न कठिनाइ भइरहेको प्रहरीले जनाइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस