आज: २०८३ बैशाख २०, आईतबार | Sun, 03, May, 2026

देशभर मौसम बदली,केही स्थानमा चट्याङ, वर्षा र हिमपातको सम्भावना

२०८३ बैशाख २०, आईतबार मा प्रकाशित ( ३ घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


बिबिय -नारी वाटिका संवाददाता

धादिङ -२० वैशाख।

हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशैभर मौसम बदली भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादलले ढाकेसंगै केही स्थानमा हल्कादेखी मध्यम वर्षा भइरहेको छ।

त्यस्तै आज दिउँसो पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रही केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको र तराईका केही भुभागमा पनि वर्षा हुन सक्ने सम्भावना छ।

आज राति पनि देशभर मौसम बदली कायम रहनेछ भने कोशी, लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहितको वर्षा हुने सम्भावना रहेको छ । साथै लुम्बिनी प्रदेशका केही पहाडी भुभागमा भारी वर्षा हुन सक्ने सम्भावना देखिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस