
नारी बाटिका
बिबियु- नारी बाटिका संवाददाता
धादिङ -४ जेठ ।
नेपाली क्रिकेटका स्टार स्पिनर सन्दीप लामिछानेले फेरी अर्को कीर्तिमानी राख्न सफल भएका छन् । क्रिकेटर लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका हुन्।
सन्दीपले आज विश्वकप लिग २ मा स्कटल्यान्डसँग तीन विकेट लिँदै कीर्तिमानी बनाए । सन्दीपले ७३ खेलमै १५० विकेट पूरा गर्दै अस्ट्रेलियन बलर मिचल स्टार्कको नाममा रहेको कीर्तिमान भंग गरी नेपालको इतिहाँस रचेका छन् ।
लामिछानेले ७७ खेलमा १५० विकेट लिएर कीर्तिमान कायम गरेपछी अहिले उनको जताततै उच्च चर्चा चलेको छ । यससँगै सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहासमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडीसमेत बनेका छन् ।
यसअघि पनि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडीको तर्फ बाट सबै भन्दा छिटो सय विकेट लिन सक्ने खेलाडीको रुपमा सन्दीपले नाम राख्न सफल भएका थिए ।








प्रतिक्रिया दिनुहोस