आज: २०८३ जेष्ठ ८, शुक्रबार | Fri, 22, May, 2026

अवैध रुपमा संन्चालित देशभर ३ हजार कन्सल्टेन्सी बन्द हुंदै

२०८३ जेष्ठ ८, शुक्रबार मा प्रकाशित ( ४८ मिनेट अघि) ७७६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -८ जेठ ।

सरकारले देशभरमा अवैध रुपमा संन्चालन भएका कन्सल्टेन्सीहरुलाई कारबाही गने भएको छ । धेरै लामो समयदेखी अवैध रुपमा संन्चालित कन्सल्टेन्सीहरुको सुचि तयार गरी कारबाही गर्न गृह्र मन्त्रालयले ७७ ओटै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको जनाएको छ ।

मन्त्रालयले अवैध रूपमा सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्र,तथा शैक्षिक संस्थाहरुमाथि कारबाही गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ १ गते उपत्यकाभित्र विभिन्न स्थानमा सञ्चालित ९५ कन्सल्टेन्सीहरूमा छापा मारेको हो ।

हालसम्म देशभरमा करिब ३ हजार अवैध कन्सल्टेन्सीहरु मध्ये उपत्यकामा मात्र करिब १ हजार ५ सय संन्चालन छन् । सोही आधारमा मन्त्रालयले पत्राचार गरेका जनाएको छ ।

कारबाहीका लागी प्रत्येक जिल्लाका प्रशासन कार्यालयको निर्देशनमा प्रहरी कार्यालयले छापा मार्ने तयारी गरेको छ । विशेषगरी अधिकांश शहरी क्षेत्रमा भाषा सिकाइ, ट्युसन, ल्याङग्वेज सेन्टरको नाममा अवैध रूपमा कन्सल्टेन्सी सञ्चालन भइरहेको भन्दै सरहकारले कारबाही गर्ने भएको हो ।

गत साता सरकारको निर्देशनमा उपत्यका अपराध महाशाखााका प्रहरीको टोलीले विभिन्न स्थानमा छापामारी अवैध कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको थियो । उनीहरुले उच्च शिक्षाको लागि विदेश पठाउन श्ैक्षिक संस्था संन्चालन गरी नागरिकलाई ठगी गर्ने गरेको भन्दै कन्सल्टेन्सी विरुद्धमा उजुरी परेकोले प्रहरीले ६९ जना सञ्चालकलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ गरिएकाहरुमध्य ५९ जनालाई थप अनुसन्धान गर्न भन्दै अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ भने जसमा २३ जनाविरुद्ध शिक्षा ऐनअन्तर्गतको कसुरमा म्याद थप भएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा प्रमुख सेमन्तमणि कोइरालाले नेपाल शैक्षिक पराशर्म व्यवसायी महासंघको सहयोगमा अवैध कन्टेन्सीमाथि छानबिन भइरहेको बताएका छन् ।

महासंघले अवैध रुपमा संन्चालित बाहेक अन्य सबैलाई ढुक्कसँग काम गर्ने वातावरण बनाउनु पर्ने आवश्यक्ता रहेका बताएका छन् । महासंघका अध्यक्ष बरालको यस प्रतिकृयालाई सान्तोना दिँदै शिक्षा, गृह मन्त्रालय र प्रहरी वरिष्ठ उपरीक्षक खड्काले मापदण्ड अनुसार सञ्चालन भएका संस्थामाथि कुनै कारबाही नगरेको र ढुक्कसँग सञ्चालन गर्न आग्रह गर्नु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस