
नारी बाटिका
सामुदायिक विद्यालयमा अध्यनरत असहाय बालबालकालाई विद्यालय पोषाक र स्टेशनरी वितरण
बिबियु- नारी वाटिका संवाददाता
धादिङ -१० जेठ ।
नारी विकास सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुका लागी सहकारी शिक्षा तथा वित्तिय साक्षात्तर तालिमसहित असहाय बालबालकालाई विद्यालय पोषाक र स्टेशनरी वितरण कार्यक्रम गरेको छ ।
सहकारीले २८२३ जना शेयर सदस्य,महिला समुह र बाल समुह मध्यका रु १ लाखभन्दा माथी बचत भएका ठुला लगानी कर्ताको रुपमा गरणा गरी बिनियम र कानुनी व्यवस्था अनुसार सहकारीको नाफाबाट सम्रक्षित पुँजी कोषमा जम्मा भएको रकमबाट ६ँ० र ४० प्रतिशतमा मासिक बचत र (क र ख वर्गमा परेका असल र ठुला ऋण कारोबार गर्ने सदस्य तर्फ वितरण गरिएको हो ।
चालु वर्षसम्म १७६० जना शेयर सदस्यमध्य ८१ जना एक लाखभन्दा भन्दामाथी मासिक बचत भएका सदस्य तर्फकाको पहिचान तथा छनौट गरी सदस्यहरूलाई आर्थिक र सामाजिक रूपमा सबल बनाउने उद्देश्यले. ेकार्यक्रम संन्चालन गरिएको आयोजकले जनाएको छ ।
विशेषगरी सहकारीले नियमित रुपमा सहकारीमा बचत तथा ऋणको राम्रो कारोबार गर्दै आएका सदस्यको वर्गिकरण गरी (क)वर्गमा परेका नियमित बचत र नियमित ऋण कारोबार तर्फका सदस्यहरुलाई कार्यक्रममा सहभागी गराईएको छ।
सहकारीले यस चालु आर्थिक वर्षदेखी (क) वर्गका सदस्यलाई कार्यक्रममा सहभागी गराई यही मिति २०८३ वेशाख २७,वैशाख ३१,जेठ ३ र आज १० गते आइतबार गरी चार चरणमा मार्सिक बचत तर्फ ८१ जना र चालु ऋण लगानी तर्फका ११८ जनाको सहभागीमा सहकारी शिक्षा तथा वित्तिय साक्षात्तर तालिम सम्पन्न गरिएको हो । 
सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्दा यस्ता कार्यले विशेष गरी ग्रामीण तथा विपन्न वर्गका महिलाहरूलाई संगठित गरी बचत गर्ने बानीको विकास गर्न सिकाउँदछ भने थाहै नपाईकन खर्च भएर जाने साना तिना फजुल खर्चलाई पनि नियन्त्रण गर्न मद्धत गर्दछ । यसका साथै उनीहरूको नेतृत्व क्षमता पनि बढाउन केन्द्रित हुन्छन् । 
साथै (क)वर्गमा परेका सदस्यहरुलाई बचत तथा ऋणको नियम अनुसार कारोबार गर्नेहरुका लागी सहकारीले गरेको नाफाबाट संकलित संम्रक्षित पुँजीकोष मार्फत सदस्य प्रोतसाहन मुलक कार्यक्रम अन्तर्रगत ठुला र अशल ऋण(कर्जा) लिएका सदस्यलाई ६० र ठुला बचत कर्तालाई
४० का दर रकम वितरण गरिको छ ।
जस अनुसार
१,शेयर बोनस रु ३ लाख ८० हजार
२,ठुला बचत कर्ता (मार्सिक) निक्षेप तर्फ रु,१ लाख ९७ हजार
३,बाल प्रोत्साहन तथा अतिरित्त कार्यक्रम तर्फ रु ५० हजार
४,क्षमता विकास कार्यक्रम तर्फ रु, ५० हजार
नियमितता :
नारी विकास सहकारी संस्थाले नारी जागरण केन्द्रको आर्थिक,प्राविधिक तथा व्यवस्थापन सहयोगमा धादिङ जिल्लास्थित विभिन्न पालिकामा रहेका समुह र सदस्यहरुमा प्रत्येक वर्षको सेवा प्रभाह गर्ने क्रममा सदस्यहरुलाई अन्तर जिल्ला सहकारी सिकाई भ्रमण,जेष्ठ नागरिक तिर्थ तथा विभिनन मठ मन्दिरको भ्रमण गराई देवी देवताका दर्शन र पुजा आरधना गराई धार्मिक कार्यमा सहभागी गराउने गरिएको पाइएको छ ।








प्रतिक्रिया दिनुहोस