
नारी बाटिका
समचार एजेन्सी
अमेरिकी राष्ट्रपति ट्रम्पले फेरी इरानलाई धम्की दिएको छ । पछिल्लो समयमा अेमेरिका र इरानबिच स्थाइ रुपमा युद्धविरामको लागी अन्तिम चरणमा पुगेको बेला पुन ः यी दुइ देशकाबिचमा दन्द्ध चर्किन सक्ने सम्भावना देखिएको हो ।
यस्तै यी दुइ देशकाबिचमा युद्ध विरामको लागी भएको सम्झौता अनुसार सम्झौता उल्लंघन जारी रहे इरानको अस्तित्व समाप्त पार्ने राष्ट्रपति ट्रम्पले चेतावनी दिएका छन्।अमेरिकाले इरानमाथि हालै गरेको सैन्य आक्रमणपछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।
इरानले अमेरिकी सेनाले पानामाको झण्डा बोकेको एक तेल ट्यांकरलाई निशाना बनाई गरिएको जवाफी आक्रमण पछीको चेतावनी हो ।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत युद्धविराम सम्झौता पुनः उल्लंघन भएपछि अमेरिकी लडाकु विमानले इरानका मिसाइल र ड्रोन भण्डारण केन्द्र तथा राडार प्रणालीलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्।
त्यसैगरी ट्रम्पले आफ्नो सामाजिक सञ्जाल आफ्नो ट्रुथ मा लेखेका छन्, ‘युद्धविराम सम्झौता पुनः उल्लंघन भएपछि अमेरिकी लडाकु विमानहरूले इरानका मिसाइल र ड्रोन भण्डारण केन्द्र तथा राडार प्रणालीलाई लक्षित गरी आक्रमण गरेका छन्।’








प्रतिक्रिया दिनुहोस