
बिबियु,नारी वाटिका डट्कम
धादिङ ५ साउन ।
प्रधानमन्त्री बालेन शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर खारेज गर्नेे घोषणा गरेका छन् ।
केही बेरअघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेर सरकारले लगाएको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क कर खारेज गरिने घोषणा गरेका हुन्।
प्रधानमन्त्री शाह कै नेतृत्वमा संन्चालित वर्तमान सरकारले यसै आर्थिक वर्ष साउन १ गते देखि लागू हुनेगरी नेपाली नागरिकमा विभिन्न शिर्षक बनाई करको भार थपेपछी वर्तमान सरकारको नागिरक तहमा चर्को आलोचना तथा यसको चौतर्फी विरोध हुंदै आएको थियो ।
सोही कारण यस्ता शुल्क कार्यान्वयन गर्दा आम नागरिकमा थप खर्च र निराशा देखिएकोले उक्त निर्णय तत्कालका लागी हटाएको प्रम शाहको भनाइ छ। अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको उनको भनाइ छ ।
प्रम शाहले सामाजिक संन्जाल फेसबुकमा लेख्दै समाता शुल्क कर ल्याउनुको उद्देश्य राम्रो भए पनि नागरिक तहमा देखिएको प्रतिक्रियाका कारण यसलाई हटाउन बाध्य भएको जनाएका छन्।
साथै प्रधानमन्त्री शाहले नागरिकको असन्तुष्टिप्रति सरकार सधैँ सचेत रहने समेत बताएका छन्। कुनै निर्णप्रति जन असन्तुष्टि भए सरकारले त्यसलाई सुधारेर अघि बढ्न तयार रहेको भनाइ छ।












प्रतिक्रिया दिनुहोस