
बिबियु, नारी वाटिका
धादिङ -१९ साउन ।
पछिल्लो समयमा निरनतर वर्षा भएपछी घर वरपर लामखुट्टे लाग्नेक्रम पनि बढेको अवस्था छ । त्यसमा पनि हाल वर्षाको मध्य भागमा आईपग्दा समुदायमा डेंगु संक्रमणका विरामीहरु एकाएक ह्वात्तै बढेको हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले आज सार्वजनिक गरेको रिपोर्ट अनुसार देशभरमा ७२ जिल्लामा डेंगुको सङ्क्रमण फैलिसकेको जनाएको छ।
सन् २०२६ जनवरी अथार्त नेपाली मिति अनुसार पौष यता देशभरमा दुई हजार २५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।जसमा सबैभन्दा धेरै पछिल्लो एक महिनामा देखिएका संक्रमित रहेको महाशाखाले जनाएको छ ।
यस्तै यस समयमा डेंगुकै कारण २ जनाको मृत्यु समेत भएको छ। सक्रमितमध्य सवैभन्दा बढी कोशी र गण्डकी प्रदेशमा रहेका छन् ।
हालसम्मको तथ्याङक अनुसार कोशी प्रदेशमा ५६८ र गण्डकी प्रदेश ५३२ छन।
त्यसैगरी बागमती प्रदेश ३६५ जना, लुम्बिनी प्रदेश ३४३, सुदूरपश्चिम प्रदेश १०३,कर्णाली प्रदेशमा ४२ र मधेश प्रदेशमा ७२ डेंगु संक्रमित भेटिएका हुन।
यसरी पछिल्लो डेंगुको संक्रमणदर हेर्दा जिल्ला तहमा झापा जिल्ला शीर्ष स्थानमा रहेको छ साथै बागलुङ जिल्ला दोस्रो स्थानमा रहेको छ।
सरकारले असार अन्तिमदेखि कात्तिकसम्मलाई बढी जोखिमयुक्त समय मानेर विशेष निगरानी र सचेतना अभियान सञ्चालन गर्दै आएको जनाएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख जनरल कन्सल्टेन्ट फिजिसियन डा.विमल शर्मा चालिसे डेंगु संक्रमण कम हुँदै गए पनि जोखिम भने उच्च रहने बताउनु हुन्छ ।
डेंगु नियन्त्रणका लागि मुख्य गरी लामखुट्टेको वासस्थान र प्रजनन स्थलको मुख्य निगरानी गरी जनचेतना जगाउने सबै भन्दा प्रभावकारी उपाय भएको बताइएको छ ।












प्रतिक्रिया दिनुहोस