
बिबियु,नारी वाटिका डटकम
धादिङ -२१ भदौ ।
नारायणगढ–मुग्लिन सडकखण्ड पनि भोलि बिहानदेखि आंशिक रूपमा बन्द हुने भएको छ । वर्षाले सडकमा केही क्षति पुगेपछी तुइन खोलामा पहिरो रोकथामको लागी मर्मत सुधारको काम गर्नु पर्ने भएकोले जिल्ला प्रशासन कार्यालय चितवनले आज सुचना जारी गर्दै आंशिक रूपमा आवागमन बन्द गर्न लागेको हो ।
आज जारी गरिएको सूचना अनुसार नारायणगढ–मुग्लिन सडक शोमबार बिहान ८ बजेदेखि साढे ८ बजे, साढे १० बजेदेखि ११ बजे, दिउँसो १ बजेदेखि साढे १ बजे, ३ बजेर ५० मिनेटदेखि ४ बजे र बेलुकी ६ बजेपछिको समयमा सञ्चालन हुने जनाएको छ । यसबाहेकको समय यो ठाउँमा गाडी आवागमन रोकेर काम गर्ने बताइएको छ ।
त्यसैगरी धादिङको कृष्णभीरको सडक मर्मत कार्य सम्पन्न नभएसम्म नारायणगढ–मुग्लिन सढक पनि आंशिक रूपमा आवागमन बन्द गरी सडक मर्मतको काम सम्पन्न गरिने सूचनामा उल्लेख छ । 












प्रतिक्रिया दिनुहोस